Skip to main content

Posts

Showing posts from October, 2022

फेसबुकले हटायो चर्चित ग्रुप 'एमआरआर'

काठमाडौं । युवा पुस्तामा लोकप्रिय बनेको फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले 'कम्युनिटी गाइडलाइन्स' उलङ्घन गरेको भन्दै उक्त ग्रुप हटाएको हो । चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । याेसँगै मेटाले यस्ता पेज तथा ग्रुपहरूमा निगरानी गरिरहेकाे छ । केही साताअघि मात्र मेटाका कर्मचारीले निर्वाचनलाई​ लक्षित गर्दै सञ्चारमाध्यमका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । यसपछि मेटाले 'कम्युनिटी गाइडलाइन्स' अत्याधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पाेस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ । पछिल्लो समय उक्त ग्रपमा 'नो, नट अगेन' सम्बन्धी पोस्ट हुन थालेपछि फेसबुकले उक्त ग्रुप हटाएको अनुमान गरिएको छ । याे फेसबुक ग्रुप २०२० मा पनि कारबाहीमा परेको थियो । युवाको बाक्लो जमात भएको एमआरआर ग्रुप मनोरञ्जन, सामाजिक कार्यमा संलग्न थियो । चुनाव नजिकिएसँगै याे ग्रुपमा पछिल्लो समय राजनीतिक विषयमा पाेस्ट र ...

फेसबुकका पोस्टमा यसरी गर्नुहोस् भ्वाइस कमेन्ट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले गत हप्ता फेसबुक ग्रुपमा अडयो कमेन्ट उपलब्ध गराएको  जानकारी  दिएको थियो । अहिले विश्वका विभिन्न क्षेत्रबाट केही प्रयोगकर्ताले ग्रुपका पोस्टमा भ्वाइस कमेन्ट गरिरहेका छन् । नेपालमा पनि कतिपय फेसबुक प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ । विशेषगरी पुरानो अकाउन्ट भएका प्रयोगकर्ताले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । सामाजिक सञ्जालका ग्रुपहरूमा अन्तर्क्रिया बढाउन फेसबुकले यो फिचर ल्याएको हो । यसमा प्रयोगकर्ताले आफूलाई इच्छा लागेको कुरा भ्वाइसबाट पठाउन सक्छन् । साथै उक्त भ्वाइससँगै टेक्स्ट पनि कमेन्ट गर्न सकिन्छ । जस्तो पहिलेको फिचरमा फोटोसँगै क्यापसन राख्न सकिन्थ्यो, त्यसरी नै अडियोसँग क्याप्सन राख्न सकिने भएको छ । अहिलेलाई फेसबुक मुख्य एपबाट भन्दा लाइट संस्करणबाट यो फिचर उपयोग गर्न सकिन्छ । हामीले परीक्षण गरेर हेर्दा त्यही फेसबुक ग्रुपका पाेस्टमा भ्वाइस कमेन्ट गर्न मिलिरहेको छ भने फेसबुककाे मुख्य एपबाट मिलेको छैन । यसको अर्थ अहिले फेसबुक लाइटबाट यो फिचर उपयोग गर्न सकिन्छ । फेसबुक ग्रुपमा भ्वाइस कमेन्ट गर्न तलको प्रक्रिय...